Kathmandu Press

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल

ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल

काठमाडौं, कात्तिक २० : ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्।

दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका पोखरेललाई आइतबार बसेको संचालक समितिको बैठकले उक्त पदमा नियुक्त गरेकाे हाे। पोखरेलले यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेर कार्य सम्पादन गरिसकेका छन्। रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन्।

उनले वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। नियुक्तपछि उनले बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए।

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्