Kathmandu Press

कोशीमा तँछाडमछाड एकअर्कालाई पछार्ने कसरत मात्रै : अध्यक्ष शाह 

कोशीमा तँछाडमछाड एकअर्कालाई पछार्ने कसरत मात्रै : अध्यक्ष शाह 

काठमाडौं, कात्तिक २० : नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले ‘लुटेराहरुको शक्तिको लडाइँका कारण’ कोशी प्रदेशको हविगत बिग्रिएको आरोप लगाएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यत्रममा बोल्दै उनले कोशीमा कांग्रेस नेता शेखर कोइरालाले केही राम्रो गर्लान् भन्ने आशा राख्दा त्यो निराशामा परिणत भएको भन्दै उनले आक्रोस पोखे।

Hardik ivf

उनले भने, ‘कोशी सरकारको हविगत हेर्नुस् त, लुटेराहरुको तँछाडमछाडको कसरत मात्रै भैरहेको छ। शेखरले अलिकति कोशीमा अडान लेलान्, मिलेर काम गर्लान् भन्ने लागेको थियो तर लोभीपापी पार्टीका शकुनी पासा चलाउनेहरुलाई मुर्दावाद भनेनन् के गर्नु।’

उनले नाम तोकेरै मधेशवादी दलका उच्च नेतृत्व, सक्तमा आवद्ध दलका नयाँ पुराना नेता सबैलाई लुटेराको संज्ञा दिए। योगराज ढकाललाई आममाफी दिएको सरकारका जिम्मेवार पदाधिकारीले अदालतको फैसलापछि राजीनामा दिनुपर्नेमा चुपचाप बसेको भन्दै उनले प्रश्न गरे। गणतन्त्र जोगाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए।
 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्