Kathmandu Press

तीन दिन लगातार बढेको शेयर फेरि घट्यो

काठमाडौं, फागुन १८ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४० दशमलव ८२ अंक अर्थात २ दशमलव ५० प्रतिशतले घटेर १५९१ दशमलव ३६ को विन्दुमा बन....

तीन दिन लगातार बढेको शेयर फेरि घट्यो

काठमाडौं, फागुन १८ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४० दशमलव ८२ अंक अर्थात २ दशमलव ५० प्रतिशतले घटेर १५९१ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। 

दोश्रो बजार १६३८ दशमलव ३७ को विन्दुमा खुलेको थियो भने १६६७ दशमलव ७५ को उच्च विन्दुसम्म पुगेको थियो। आजको न्यून विन्दु १५८९ दशमलब ९७ मा रहेको थियो। 

शेयर बजारमा ४ अर्ब ८४ करोड ७४ लाख बराबरको शेयर किन बेच भएको छ। यो हालसम्म कै उच्च कारोबार रकम हो। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै एनएमबी बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैङ्क लिमिटेडको २६ करोड ६३ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज मितेरी डेभलपमेन्ट बैङ्कका शेयरधनीले सर्वाधिक ९ दशमलब ९० प्रतिशतले कमाए भने बोटलर्स नेपाल (तराई) का शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले बजारमा मागभन्दा आपूर्ती बढेको संकेत गरेको छ। त्यसैले आज बजार केहि सच्चिएको देखिन्छ। कारोबार रकमले मैनबत्तीलाई समर्थन गरेको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ३४ दशमलब ७४ अंकमा रहेको छ। यसको प्रवृत्तिले ‘बुलिस डाइभर्जेन्स’ बनाएको छ। यसले बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ।  स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निश्कर्ष 

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा बजार सच्चिए पनि हालसम्म सकारात्मक क्षेत्रमा रहेको छ । यदि बजार १६२५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को तत्कालिन प्रतिरोध १६४० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, हाल बजारको तत्कालिन टेवा १५८५ को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्