भूकम्प पीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौं, कात्तिक २० : मानव अधिकार तथा शान्ति समाजले, जाजरकोट भुकम्प पीडितका लागि १ लाख १५ हजार मुल्य बराबरको १ सय थान ब्ल्यांकेट सहयोग गरेको छ।
शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई ब्ल्याङ्केट हस्तान्तरण गरेको हो।
मानव अधिकार तथा शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार र राहत प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












