Kathmandu Press

राउटे समुदायका महामुखिया शाहीको निधन

दैलेखको भैरवी गाउँपालिका–३ को कुर्मावती सानो खोलामा शाहीको निधन भएको जनाइएको छ।
राउटे समुदायका महामुखिया शाहीको निधन

दैलेख, कात्तिक १९ : राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको गए राति निधन भएको छ। शाही विगत पाँच महिनादेखि ढाड दुख्ने समस्याले थला परेका थिए ।

शाहीले उपचार गराउन कतै जान नमानेको बताइएको छ। शाहीको राउटे सदस्यहरूले अन्त्येष्टि गरिसकेका छन् । शाहीका १३ सन्तान भएकोमा अहिले एक श्रीमती र एक नाति मात्र छन्।

Hardik ivf

दैलेखको भैरवी गाउँपालिका–३ को कुर्मावती सानो खोलामा शाहीको निधन भएको जनाइएको छ।

महामुखिया शाही सहितका राउटे सदस्यहरु एक महिना अघिदेखि यहाँ बसाई सरेर आएका थिए । ४१ घरका एक सय ४१ जना राउटे सदस्यहरु दैलेखको भैरवी गाउँपालिका–३ को कुर्मावती सानो खोलामा बस्दै आएका छन्।

 

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्