भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको अन्त्य
सिंहको आइतबार दिउँसो भेरी नदी र नलसिंङगाड खोलाको दोभानमा अन्त्येष्टि गरिएको हो।
जाजरकोट, कात्तिक १९ : भुकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको अन्त्येष्टि गरिएको छ।
शुक्रबार राति गएको भुकम्पमा परेर उपमेयर सिंहको मृत्यु भएको थियो। सिंहको आइतबार दिउँसो भेरी नदी र नलसिंङगाड खोलाको दोभानमा अन्त्येष्टि गरिएको हो।
सिंहको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।
भुकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:१२ बजे, आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












