Kathmandu Press

राप्रपाले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख दिने 

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले, पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। 
राप्रपाले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख दिने 

काठमाडौं, कात्तिक १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनस्थापनाका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले, पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। 

Hardik ivf

त्यस्तै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सु्रेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय समेत गरेको छ। 

जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने र देशभर पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कात्तिक मशान्तसम्म स्थगित गर्ने निर्णय भएको पनि उनले बताए। 
 
प्रकाशित मिति: १७:०७ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्