विद्युत प्राधिकरणका ट्रेड युनियन र व्यवस्थापनबीच चार बुँदे सहमति

काठमाडौं, कात्तिक १९ : नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियन र प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको छ।
आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका बिषयमा प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको हो।
व्यवस्थापनबाट भाद्र ३० गते भएको सरुवा÷काजमा पुनरावलोकन गरि क्रमश सच्चाएर लैजाने सहमति भएको छ भने सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ।
त्यस्तै बिभिन्न साँत बुदे मागमा सम्बन्धमा आधिकारी ट्रेड युनियनका प्रतिनिधि समेत रहनेगरि जनसाधन बिभागको निर्देशकको अध्यक्षतामा ५ सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरि रायसिफारिस सहित कार्यकारी निर्देशकसमक्ष प्रतिवेदन पेश गर्ने सहमति भएको छ।
सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा बिशेष ध्यान दिने र जायज मागहरुलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए।
सहमतिसँगै आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको छ।












