Kathmandu Press

भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त

भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त

जानकी (बाँके), कात्तिक १९ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ। 

राति १२ः३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी रुकुमका छन्।

Hardik ivf

हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए 

प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको बताए कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एकजना घाइतेलाई पनि आजै भेरीमै ल्याउने तयारी गरिएको पनि उहाँले बताए

उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिनुभयो। हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्