Kathmandu Press

भूकम्पपीडितका लागि तरुण दलले  रक्तदान  गर्ने

भूकम्पपीडितका लागि तरुण दलले  रक्तदान  गर्ने

काठमाडौं, कात्तिक १९ : जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि (कात्तिक २० गते सोमबार) भृकुटीमण्डप प्रांगणमा बृहत् खुला रक्तदान कार्यक्रम गर्ने भएको छ। 

तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न  रक्तदान गर्न लागिएकोे जनाएको छ। बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए।

Hardik ivf

'रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछाैं। सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ,' उनले भने। 

रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास केन्द्रीय सदस्य न्यौपानेको  छ। 

प्रकाशित मिति: १३:४६ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्