Kathmandu Press

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक १८ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ। 

मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो। 

Hardik ivf

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबैपक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पु¥याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ। 

शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई आएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्