Kathmandu Press

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ। 

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशित गर्नु भई जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न आग्रह गर्नुभएको हो।

Hardik ivf

'जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पका कारण ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपा दुःख प्रकट गर्दछ। विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ। साथै, भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।  

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःखसमेत प्रकट गरेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्