Kathmandu Press

एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए।
एमालेद्वारा शुभकामना तथा चियापान कार्यक्रम स्थगन

काठमाडौं, कात्तिक १८ : एमालेले आज दसैं, तिहार, छठ र नेपाल संवत्मा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ। 

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए।

उनले राहत र उद्धारका काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताए। 

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलनमा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १३:२० बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्