Kathmandu Press

क्यानाडामा नेपालीले जिते एक लाख डलरको चिट्ठा

क्यानाडामा नेपालीले जिते एक लाख डलरको चिट्ठा

विराटनगर, कात्तिक १८ : क्यानाडामा रहेका एकजना नेपालीले एक लाख डलरको चिट्ठा जितेका छन्। 

पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रुपैयाँ) पुरस्कार जितेको क्यानाडामा रहेका सुनसरी घर भएका नेपाली सञ्चारकर्मी जयराम गौतमले बताए।

Hardik ivf

दुई वर्षअघि क्यानाडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेको बताएका छन्। उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरमा उक्त चिट्ठा किनेका थिए।

जितेको रकम धेरै ठूलो नभएकाले इच्छा गरेका सबै कुरा गर्न नसके पनि केही भने पुरा हुने उनले बताए। नेपालमा पर्यटन व्यवसायमा आबद्ध उनले आगामी दिनमा पनि नियमित टिकट किन्ने पनि बताए।
 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्