शुक्रबार बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, कात्तिक १७ : नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन २ सय रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेकोे छ।
त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












