Kathmandu Press

महिला महासंघमा प्रा. डा. राउतको नेतृत्व

संस्थाकोे अधिबेशनका अबसरमा प्रा.डा. राउतको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलसालता अमात्य, महासचिवमा शोभा बस्नेत, सचिवमा शोभा बिसी र कोषाध्यक्षमा रेणु सिजापति निर्बिरोध निर्बाचित भएका छन् ।
महिला महासंघमा प्रा. डा. राउतको नेतृत्व

काठमाडौं, कात्तिक १७ : महिला गैरसरकारी संस्था महासंघ ९डब्लुएनएफ०मा बरिष्ठ अधिबक्ता प्रा।डा।शशी अधिकारी राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । 

संस्थाकोे अधिबेशनका अबसरमा प्रा.डा. राउतको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलसालता अमात्य, महासचिवमा शोभा बस्नेत, सचिवमा शोभा बिसी र कोषाध्यक्षमा रेणु सिजापति निर्बिरोध निर्बाचित भएका छन् ।

Hardik ivf

कार्यक्रममा नवनिर्बाचित अध्यक्ष प्रा.डा.राउतले समग्र नेपाली महिलाको उत्थान र विकासको मुद्धालाई डब्लुएनएफले राष्ट्रिय अभियानका रुपमा अगाडि बढाएको बताइन् । 

संस्थाले आफ्नो स्थापनाको पहिलो वर्ष नै दक्षिण एसियाली महिला सम्मेलन जस्तो एतिहासिक कार्यक्रम गर्न सफल भएको पनि उनले जनाइन् । संस्थाकी संरक्षक एवं राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले नेपाली महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा शशक्त तुल्याउन संस्थाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरिन् ।

डब्लुएनएफमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), मानव अधिकारका लागि महिला एकल महिला समूह, दलित महिला संघ (फेडो), मैथली महिला कला केन्द्र, स्वाम, ल्याकलगायतका संस्थाहरु आवद्ध छन् । 

प्रकाशित मिति: ०८:२८ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्