Kathmandu Press

खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

बिहीबारको संसद्को शून्य समयमा बोल्दै सांसद गंगाकुमारी वेल्वासेले चाडपर्वकाबेला बजारमा देखिएको खाद्यान्न र चिनीको अभाव तथा कालोबजारी नियन्त्रण गर्न माग गरिन्।
खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

काठमाडौं, कात्तिक १६ : राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको संसद्को शून्य समयमा बोल्दै सांसद गंगाकुमारी वेल्वासेले चाडपर्वकाबेला बजारमा देखिएको खाद्यान्न र चिनीको अभाव तथा कालोबजारी नियन्त्रण गर्न माग गरिन्।

Hardik ivf

यस्तै, सांसद गोपाल भट्टराईले चाडपर्वका समयमा जनता महँगीको मारमा परेको र आधारभूत आवश्यकताको अभाव भएको, महँगी बढेको, चिनीको अभाव देखिएको भन्दै उचित व्यवस्थापन गर्न माग गरे।

सांसद इन्दिरादेवी गौतमले इजरायमा हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारबाट भएको पहलका बारेमा जानकारी माग गरिन्। उनले वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीले निःशुल्क पठाउने भने पनि सर्वसाधारणबाट रकम उठाइरहेको जनाउँदै सरकारको ध्यानाकर्षण पनि गराइन्।

यस्तै, सांसद तुलसाकुमारी दाहालले धनुषाका आरती साहको गत जेठ ६ गते ससुरालीमा हत्या भएको र आफन्तले न्यायका लागि माइतीघरका एक सय ३९ दिन धर्नामा बस्दासमेत न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद भगवती न्यौपानेले तनहुँमा सुविधा सम्पन्न अस्पताल नभएको र उपचार नपाएर जनताले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै सो सम्बन्धमा सरकारको सरकारको ध्यानाकर्षण गराइन्।

सांसद राधेश्याम पासवानले धनुषाकी आरती साहको हत्या भएको पाँच महिना भइसक्दा पनि न्याय नपाएको भन्दै तत्काल छानविन गरी दोषीलाई कारबाही गर्न माग गरे। सांसद विमला घिमिरेले कपिलवस्तु–अर्घाखाँची सडकअन्तर्गत बाणगङ्गा नदीमा पुल निर्माणका लागि पाँच लाख मात्र विनियोजन गरिएको र यसले टेण्डर हुन नसेकेको भन्दै टेण्डर हुने गरी बजेट विनियोजन गर्न माग गरिन्।

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, कात्तिक १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्