पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौं, कात्तिक १६ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ । आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार