Kathmandu Press

युनाइटेड सहकारीको लुट : १५ लाख ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्धक राखेर भाई पञ्च पुनले ५ लाख, निरन्जनप्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतीले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंले पुष्टि गरिसकेको छ।
युनाइटेड सहकारीको लुट : १५ लाख ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

काठमाडौं, कात्तिक १५ : पुतली सडकको युनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० का सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताएका छन्।

बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर अदालत, मालपोत, वडा कार्यालय र वकिलहरुसँग मिलेमतो गरेर सो सहकारीले लिलाम गरेको पीडित पुनले आरोप लगाएका छन्।

पीडित वैदशिक रोजगारको क्रममा जापानमा रहेको समय २०६१ सालमा सहोदर भाइ पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयं सुरेन्द्र भएको कीर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ।

Hardik ivf

ऋण लिँदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्धक राखेर भाई पञ्च पुनले ५ लाख, निरन्जनप्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतीले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंले पुष्टि गरिसकेको छ।

२०६३ सालमा सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा कीर्ते जालसाँजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधखोज गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनी घरमा पत्र पठाएको पीडितले बताए।

सहकारीसमक्ष आफूले ऋण नलिएको बरु भाईले कीर्ते गरेको भन्दा नमानेपछि न्यायका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर कीर्ते पुष्टि भएपछि  पीडितको पक्षमा फैसला भए पनि सहकारी पुनः त्यसविरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्दा उल्ट्याएको आरोप पीडितको छ।

त्यसपछि पीडित न्यायका निम्ति सर्वोच्च अदालतमा गए । सर्वोच्चले कीर्ते तथा ठगी नभएको बरु लेनदेनमार्फत् मिलापत्र गर्नु भनी पुनः जिल्ला अदालत फर्काएको पीडित बताउँछन्।

यसरी १८ वर्षदेखि अदालतमा मुद्दा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडितको भनाइ छ। कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्वजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन्।

पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्याय तथा कानुन विभागका प्रमुख कृष्ण धमाला ‘गम्भीर’ले सुरेन्द्रले पाएको अन्याय र अत्याचारले आफ्नो पार्टीलाई गम्भीर बनाएपछि पत्रकार सम्मेलनमार्फत् सार्बजनिक गरेको बताए।

पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका धमलाले कानुनी राज्य भनिएको देशमा न्यायालय समेतको मिलेमतोले आफूलाई दुःखी तुल्याएको बताउँदै भने, ‘अदालत, मालपोत, वकिल, सहकारी मिलेर पीडितलाई आत्मदाहसम्म गर्न बाध्य बनाउनेहरुलाई हाम्रो पार्टीले छाड्दैन।’

सो पार्टीका नेता जुनतारा मगरले विदेशबाट खुन–पसिना बगाएर कमाएको परिश्रमबाट आर्जेको सम्पत्ति गलत बाटोबाट हडपेकोले पीडितलाई न्याय दिने प्रतिबद्धता जाहेर गरे।

‘हाकाहाकी सोझासाझा सुरेन्द्रजस्ता हजारौं जनताको जग्गा जमिनलाई लिलाम गर्नेविरुद्ध पार्टी खरो उत्रछौं,’ उनले भने, ‘कानुन तथा न्यायको गला रेट्दै कथित युनाइटेड सहकारी, मालपोत, वकील र वडा कार्यालयका मान्छेहरुलाई सडकमा पछार्ने दिन टाढा छैन।’

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्