Kathmandu Press

नेपाल विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विश्वकपमा छनोट भए राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेका छन्।
नेपाल विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने

काठमाडौं, कात्तिक १५ : नेपाल टि–२० विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले नेपाली टोलीलाई १५ लाख रुपैयाँ दिने भएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विश्वकपमा छनोट भए राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट १५ लाख दिने घोषणा गरेका छन्।

टि–२० विश्वककपको एसिया छनोट नेपालमा भइरहेको छ। प्रतियोगिताको फाइनल पुग्ने दुई टिम विश्वकपमा छनोट हुनेछन्। यस्तै, छनोटको उपाधि जिते थप पाँच लाख दिने जनाएको छ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताए।   

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगेको छ।

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्