Kathmandu Press

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गौला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन्।
भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

चितवन, कात्तिक १५ : भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ। १८ जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन्। यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उनको भनाइ थियो।

Hardik ivf

‘एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ। अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा (ओपिडि) मा बिरामी हेर्ने गर्दछन्,’ पौडेलले भने, ‘१ बजेपछि अति विशिष्टि सेवा सुरु हुन्छ।’ उनका अनुसार जनरल बहिरङग सेवामा एक जना चिकित्सकले एक दिनमा ४० जना बिरामी हेर्ने गर्दछन्।

पालो नपाएकाहरुले अतिरिक्त पाँच सय शुल्क तिरेर ती चिकित्सकसँग सेवा लिनसक्ने पौडेलले जानकारी दिए। उनले भने, ‘अतिविशिष्ट सेवा पेइङ् (पैसा तिरेर लिने सेवा)मा लिँदै गर्दा पनि बिरामीले अन्य सुविधा सरकारी अस्पतालकै पाउने भएकाले न्यून खर्चमा उपचार लिन सकिन्छ।’

अतिविशिष्ट सेवा दिने चिकित्सकलाई महिनामा एकरदुई पटक बोलाएर निजी क्लिनिकमा सेवा दिने गरिएकामा सरकारी अस्पतालमा नै यो सेवा पाएसँगै बिरामी थप लाभान्वित भएका छन्। अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गौला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन्।

हर्मनरोग एक, स्पाईनल सर्जरी दुई, जोर्नी प्रत्यारोपण एक, दुर्विनबाट जोर्नीको शल्यक्रिया गर्ने दुई जना र नवजात शिशुसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक रहेका पौडेलले जानकारी दिए।

उनका अनुसार १८ अति विशिष्ट सहित ९६ जना विशेषज्ञ चिकित्सक र एक सय दुई मेडिकल अफिसर अस्पतालमा कार्यरत छन् भने नर्सको सङ्ख्या सात सयको हाराहारी छ।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्