Kathmandu Press

अरिंगालले चिलेर एकजनाको मृत्यु, एक जना घाइते

अरिंगालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अरिंगालले चिलेर एकजनाको मृत्यु, एक जना घाइते

इलाम, कात्तिक १५ : घाँस काट्ने क्रममा अरिंगालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ।

अरिंगालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनीसँगै अरिंगालले चिलेर घाइते भएका उनका ससुरा ५९ वर्षीय यामबहादुर लिम्बूको उपचार भइरहेको छ।

घाँस काटिरहेका बेला नजिकै रहेको चिलाउनेको रुखबाट उडेर फैलिएका अरिंगालले उनीहरुलाई चिलेको जनाइएको छ।

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्