Kathmandu Press

झापामा एम्बुलेन्सको ठक्करले बृद्धाको मृत्यु

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो।
झापामा एम्बुलेन्सको ठक्करले बृद्धाको मृत्यु

झापा, कात्तिक १४ : झापाको विर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट बृद्दाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो।

Hardik ivf

ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स र चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, कात्तिक १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्