Kathmandu Press

हालान्ड चम्किँदा म्यान्चेस्टर डर्बीमा सिटीको जित

आइतबार राति भएको खेलमा हालान्डले २ गोल गरेपछि सिटीले युनाइटेठमाथि ३-०को जित निकाल्यो।
हालान्ड चम्किँदा म्यान्चेस्टर डर्बीमा सिटीको जित

काठमाडाैं, कात्तिक १३ : नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालान्ड चम्किएपछि प्रिमियर लिगको म्यान्चेस्टर डर्बीमा सिटी विजयी भएको छ। आइतबार राति भएको खेलमा हालान्डले २ गोल गरेपछि सिटीले युनाइटेठमाथि ३-०को जित निकाल्यो।

खेलमा २६औं मिनेटमा सिटीले अग्रता लियो। रास्मस होजुलान्डले रोड्रीलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गरेका थिए।

पहिलो हाफ १-० मै सकियो। ४९औं मिनेटमा हालान्डले बर्नार्डो शिल्भाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी ३-०ले विजयी भयो।

जितपछि १० खेलमा २४ अंक जोडेको सिटी आर्सनलसँग समान अंक भएपनि तेस्रो स्थानमा छ। २६ अंकसहित टोटनहम शीर्ष  स्थानमा छ।  युनाइटेड १५ अंकसहित आठौं स्थानमा छ।

यस्तै, अन्य खेलमा लिभरपुल र एस्टन भिल्ला विजयी हुँदा ब्राइटन र फुलहमले बराबरी खेले।

प्रकाशित मिति: ०८:४६ बजे, सोमबार, कात्तिक १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्