प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत

काठमाडौँ, कात्तिक १२ : प्रतिनिधि सभाको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ।
आइतबार बसेको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गरे।
यसअघि दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक कार्तिक १६ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ।
प्रकाशित मिति: १५:४३ बजे, आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












