Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडि प्रदर्शन गरेका हुन्।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै प्रदर्शन

काठमाडौँ, कात्तिक १२ : संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै मानवअधिकारकर्मीहरुले संसद भवन अगाडि प्रदर्शन गरेका छन्।

मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडि प्रदर्शन गरेका हुन्। विभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

Hardik ivf

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते 'जनयुद्ध दिवस'का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउ : संसदको गरिमा जोगाउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्