Kathmandu Press

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

काठमाडौं, कात्तिक ११ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्।

सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले जनाएको छ।

Hardik ivf

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन्। उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन्।

सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बंगलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन्।

उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा पनि काम गरेका छन्।

सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन्।

प्रकाशित मिति: १८:४९ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्