Kathmandu Press

बुद्धले थप्यो नयाँ जहाज, हवाई सेवा सरल र सहज हुने कम्पनीको विश्वास

बुद्धले थप्यो नयाँ जहाज, हवाई सेवा सरल र सहज हुने कम्पनीको विश्वास

काठमाडौं, कात्तिक ११ : बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ। शुक्रबार नाइनएन– एओसी कलसाइन रहेको एटिआर–७२ जहाज बुद्ध एयरले भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्।

Hardik ivf

हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्नेबुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । 

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ।

प्रकाशित मिति: १०:५८ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्