जसपाले बोलायोकार्यकारिणी समितिको बैठक

काठमाडौं, कात्तिक ११ : जनता समाजवादीपार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठकले मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको निधनपछि रिक्त रहेको उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफलगर्ने बस्नेतले जानकारी दिए। यादवको गत भदौमा निधन भएको थियो।
साथै बैठकमापार्टीको सङगठनविस्तार एवं सुदृढीकरणअभियानबारेसमीक्षागरिने बताइएको छ।
प्रकाशित मिति: १०:५१ बजे, शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












