Kathmandu Press

कंकालिनीमा ६ सय ६९ वटा रांगा र ४१ हजार खसीबोकाको बलि

कंकालिनीमा ६ सय ६९ वटा रांगा र ४१ हजार खसीबोकाको बलि

सप्तरी, कात्तिक ८ : सप्तरीको हनुमाननगरस्थित कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि चढाईएको छ। त्यसैगरी करिब ४१ हजार खसीबोकाको समेत बलि चढाईएको भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए।

प्रसिद्ध यो मन्दिरमा घटस्थापनादेखि विशेष पूजाआजा हुने परम्परा रहीआएको छ। दशैंको महानवमीको दिन भने पशुपंक्षीको बलि चढाएर भक्तजनहरुले भाकल पूरा गर्ने चलन छ।

राँगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष (छोटु) झाको राँगा बलि दिईएपछि बलि प्रक्रिया अघि बढाईएको थियो।

Hardik ivf

मन्दिर सफाईमा ओम ट्रेडर्स

पर्वको पूजाआजा सकिएपछि कंकालिनी भगवती मन्दिरको सरसफाई पनि गरिएको छ । जम्मा भएको फोहोर स्थानीय ओम ट्रेडर्सको अगुवाइमा सरसफाइ गरिएको हो।

ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरको नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुको सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएको छ।

रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साइएको थियो।

 

 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, कात्तिक ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्