उदयपुरगढीको पुननिर्माण तथा स्तराेन्नति भएसँगै उद्घाटन

उदयपुर, कात्तिक ५ : उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्वीक महत्तो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तराेन्नति भएसँगै उद्घाटन गरिएको छ। जिल्ला सदरमुकाम गाईघाटबाट करिव ३८ किलोमिटर पश्चिमा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाईमा १५ रोपनि क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको छ।
तत्कालीन पञ्चावती गा।बि।स। मा पर्ने उदयपुरगढी दरवार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ। करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर पुननिर्माण गरिएको सो पुरानो गढी दरवार आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच उद्घाटन गरेका हुन्।
कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा,नेपाली सेनाको ब्याण्डबाजा सहितको उच्च अधिकृतहरुको टोली,जनप्रतिनिधिहरु,राजनैतिक दलका कार्यकर्ता तथा महिला दिदिबहिनीहरुको भव्य रुपमा सहभागिता रहेको थियो। पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ।
गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाईको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ। प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ।












