जेठो सन्तान बाँचेन भनेर अर्को नजन्माउने त कुरा हुँदैन नि, नयाँ जहाज किनेरै छाड्छु
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती वर्तमान मन्त्री मण्डलका हक्की र अलि बढी सक्रिय मन्त्री मध्ये गनिन्छन् । अलि फरक काम गर्न रुचाउने मन्त्री किरातीले यो दशैँ भेडिगोठमा मनाउँदै छन् । संस्कृति मन्त्री किरातीको दशैँ, पर्यटन विकास र संस्कृती संरक्षणका केही विषयमा कुराकानीको सम्पादित अशंसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती वर्तमान मन्त्री मण्डलका हक्की र अलि बढी सक्रिय मन्त्री मध्ये गनिन्छन् । अलि फरक काम गर्न रुचाउने मन्त्री किरातीले यो दशैँ भेडिगोठमा मनाउँदै छन् । संस्कृति मन्त्री किरातीको दशैँ, पर्यटन विकास र संस्कृती संरक्षणका केही विषयमा कुराकानीको सम्पादित अशं
केही वर्षदेखि दशैँ आफ्नो घरमा मनाउनु भएको छैन । यस पटक कसरी मनाउँदै हुनुहुन्छ ?
मैले विगत लामो समयदेखि दशैँ आफ्नो घरमा मनाएको छैन । सिर्जनात्मक रुपले दशैँ मनाउ भन्ने सोचकासाथ मलाई भोट दिने गाउँहरु दलित बस्तिहरुमा गएर कहिले सार्वजनिक स्थलहरुमा श्रमदान गरेर मैले मनाईरहेको छु । र यसपालीको दशैँ चाहीँ म मेरो जिल्लाको माथिल्लो भागमा अग्लो लेक छ । त्यो खोटाङ र भोजपुर जिल्लाको सिमानामा पर्छ । त्यहाँ धेरै चौरी र भेडिगोठ पाइन्छ ।
त्यहाँको गोठालाहरुसँग दशैँ मनाउने र गोठालाहरुलाई सम्मान गर्ने योजना छ । किनभने गोठ र गोठाला मौलीक परम्परा हो । जो पर्यटनसँग पनि गाँस्न सकिन्छ । र पर्यटनको क्षेत्रमा एउटा आधार बन्छ । गोठहरुलाई अझ सुधार गर्ने, गोठालाहरुको संरक्षण गर्ने र आफ्नो मौलीक परम्परा जोगाउने उदेश्यले यसपालीको दशैँ गोठालाहरुसंग मनाउँछु । तीन वर्ष पहिले मैले हाम्रै घरमा बालिघरे प्रथा अन्तर्गत कमाउने लुगा सिलाउने दलितहरुसँग मनाएको थिएँ । पाहोर मैले निर्वाचन क्षेत्रको एउटा गाउँको विद्यालयमा श्रम गरेको थिएँ । दशैँ मान्ने खर्चले विद्यालयलाई रंग रोगन गरेको थिएँ । यसपाली म गोठालाको सम्मान र भेटघाटमा जाँदैछु ।
परिवार मिलनको पर्वमा झनै परिवार भन्दा टाढा गएर दशैँ मनाउनुको सन्देश चैं के ?
दलितहरुसँग दशैँ मनाउनुको अर्थ थियो । हामी सबै मान्छेहरु सम्मान हौँ र चाडहरु पनि समान छन् । त्यसकारण हामी ठूलो सानो कोही छैनौं । कानूनतः जातीय विभेदको अन्त भइसकेको छ । व्यवहारत अन्त गर्नुपर्छ भन्ने सन्देश छ । र विद्यालयहरुमा सफा गर्नुको कारण गाउँको विद्यालय, चराको गुँड जस्तो भएको छ। गरिबको छोराछोरी मात्र गाउँको विद्यालयमा पढ्ने र हुनेखानेको छोराछोरी शहरतिरै जानुपर्ने र श्रमको संस्कार पनि निमार्ण गरौं र सिर्जनात्मक ढंगले दशैँ मनाउँ भनेर पनि र आज हामी शहीदको बलिदानमाथि प्राप्त भएको संघीय लोकातान्त्रीक गणतन्त्रको शासन व्यवस्थामा छौं ।
उहाँहरु नभएको भए संघिय लोकातान्त्रिक गणतन्त्र हुने थिएन । दशैँ सबैकोमा आउनुपर्छ । शहीद परिवार, दलितकोमा पनि आउँनु पर्छ । आधारभूत वर्गकोमा पनि दशैँ आउनु पर्छ । र हामी पनि त्यस्तै हौं भन्ने उदेश्यले यो काम सुरु गरेको थिएँ । र अहिले चाहीँ त्यो गोठालाको जीवनमा जाँदैछु जो पर्यटनसँग सम्बन्ध राख्छ।
पर्यटन विकासका लागि पर्यटन मन्त्री भेडा गोठमा बस्दैमा त्यस्तो केही फरक पर्ला र ? नीतिगत तथा पूर्वाधार विकासको कुरा पो बढी महत्वपूर्ण होला नी ?
नियम कानून त संघीय लोकतान्त्रीक गणतन्त्र र संविधानको मर्म अनुसारको छैन । म त चाहन्छु घोडाजस्तो उफ्रनु तर यहाँ सर्प जस्तो छाती घिस्राएर हिँड्ने नियम कानून संस्कृतिले हामीलाई बाध्य बनाएको छ । नियम कानून बदल्नेतिर पनि हामी त्यत्तिकै लाग्नुपर्ने छ ।
दशैँको बेलामा एयरपोर्टका पसलको वेथितिदेखि जहाजले बढी भाडा लिएको सम्म गुनासो आयो, तपाईँ आफैं अनुगमनमा पनि जानु भो समस्या कहाँ देख्नु भो ?
अनुगमना गर्नुपर्ने त एयरपोर्टको साम्रगी धेरै नै महँगोमा बिक्री भएको छ भन्ने सुनिन्छ। म अस्ति त्यहाँ गएको पनि थिएँ । वास्तवमा त्यहाँ महँगो नै पाएँ र मैले जिम्मेवार कर्मचारीलाई भने छिटो मिलाउनुहोस् मिलाउनु भएन भने कि तपाईं छैन कि म छैन भनेको छु । अहिले टिकट बिक्री वितरणमा अनलाईन सिस्टम छ । अलि पारदर्शी नै छ । नीजि क्षेत्रको सबै कम्पनी सल्लाह गरेर नेपाल सरकारले तोकेको हाई रेटमा ल्याउन त भनेर उनीहरु गएको हो । यो देशको जनता सबैलाई पिर मर्का पनि उत्तिकै छ । सबै खुसी छैनन् ।
नीजि क्षेत्र पनि डाँडाको घाम जस्तै भएको छ । हामीले यसो हेर्दा नीजि क्षेत्रमा आरोप त लगाउँछौं तर भित्रि तहमा गएर सोच्दा नीजि क्षेत्र पनि कुन दिन विदेश पलायन हुने हो थाहा छैन । उनीहरुको क्षेत्रबाट गरिएको आर्थिक रुपमा योगदान, रोजगारी सिर्जना हेर्न छोडेर उसले कमायो भन्ने मात्र हेर्छौँ तर हामीले बाहिरबाट हेरेको जस्तो पनि छैन । जनताको पिर मर्का पनि उत्तिकै छ ।
तपाईंले जहाज खरिदलाई बढी नै जोड दिँदै आउनु भएको छ । यसअघिका जहाज खरिदको कुरा त्यति सुखद छैन् । तपाईंलाई पनि किन विवादमै मुछिन मन लागेको हो ?
हाम्रो जस्तो भूपरिवेष्ठित राष्ट्रमा आर्थिक विकासको मेरुदण्ड नै भाँचिन्छ । जहाजको धेरै काम छ, हाम्रो जस्तो देशमा । हाम्रो देशमा हामीले धेरै पर्यटक पनि भित्र्याउनु छ । पर्यटन आर्थिक विकासको माध्यम बन्छ । विदेशबाट आएको हाम्रा मान्छेहरुलाई कनेक्सन फ्लाईटबाट काठमाडौदेखि धनगढी र धनगढीदेखि जुम्ला कनेक्सन फ्लाईट गरेर राष्ट्रिय दायित्व पुरा गर्नुपर्छ ।
यतातिर जान जरुरी छ । यो देशमा जहाज नै नल्याओस् जहाज खरिद बिक्रीमा माफियाको रुपमा भूमिका निर्वाह गर्न खेज्ने प्रवृत्तिलाई म खारेज गर्छु । जहाज किन्ने कुरामा विभिन्न विवाद त भए स्वाभाविक रुपमा सोच गलत थियो होला । सोच गलत भएपछि विवादित हुन्छ होला तर हाम्रो यसपाला सोच गलत छैन । सोच गलत नभई असल राष्ट्रिय हितमा राष्ट्रिय हितको लागि आवश्यकता पुरा गर्नको लागि हामी जहाज किन्न खोज्दै छौं । यसपाली हिजोको जस्तो प्रोपोगाण्ड हुृँदैन ।
यदि कसैले नियोजित ढङ्गले उठाउँछ नै भने त हल्लाको पछि लागेर डराएर पनि त हुँदैैन राष्ट्रको लागि धोका हुन्छ । त्यो राष्ट्रघात हुन्छ, त्यसकारणले पहिले ९० सालमा भूकम्प गयो धेरै घरहरु भत्कियो । भूकम्प आउँछ भनेर घर नै नबनाउने भन्ने त हुँदैन नि । पहिला कुनै जेठो सन्तान म¥यो माईलो सन्तान नजन्माउने भन्ने त हुँदैन नि । त्यसैले ईमान्दारीतासाथ अगाडि जाने नै हुन्छ । म पछि हट्दिन निर्णय गरेको कुरा पूरा गर्छु । दबाब होईन नीजि क्षेत्रसँग छलफल गरेर जनताको निम्ति हामी कति सुविधा दिन सक्छौं भनेर छलफल गर्नुपर्छ । केही कुरा सहमति भएको छ मलाई लाग्छ त्यो पूरा हुन्छ ।
पछिल्लो समय तपाईँ पर्यटन मन्त्री भन्दा बढी संस्कृती मन्त्री हुनु भयो भन्ने लाग्दैन ? कला साहित्य संस्कृतिप्रति तपाईँ रुचि पहिल्यैदेखि भएर कि ? संयोगमात्रै हो ?
हो, मलाई पर्यटन नागरिक उड्डयन मन्त्री चाँहि कम संस्कृति मन्त्री चाँहि अलि बढि हो कि भन्ने आरोप छ । एउटा साईडबाट त्यो कुरा उठिरहेको छ । तर म सही ठाउँमा छु । किने भने हाम्रो देशको पर्यटन नै संस्कृतिसँग जोडिएको छ । संस्कृतिलाई हामीले उजागर गर्न सक्यौं भने हाम्रो पर्यटन थप भएर जान्छ ।
संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने कल्चर नेचर र एडभेन्टर खासगरी तीन वटा सेक्टरलाई सशक्त रुपमा अघि बढाउन सकियो भने हाम्रो देशमा जति सम्भावना पर्यटनमा कुनै देशमा छैन । आर्थिक विकासको धेरै ठू्लो मेरुदण्ड पनि हो । अब मन्त्री भएपछि हो कि भन्दा पनि पहिले नै हो, यसअघि हाम्रो देशमा संस्कृति मन्त्री थियो कि थिएन चर्चा नै हुने थिएन ।
संस्कृतिकर्मीहरुमा पनि उत्साह बढिराखेको छ खुसी पनि लाग्छ । संस्कृतिलाई पर्यटनसँग हामी स्वभाविक रुपमा जोड्न सक्छौं । हामीसँग चोक चोकमा नयाँ संस्कृतिहरु छन् ।
यहाँ त संस्कृति भनेको खाने, गाउने, बजाउने कुरा हो त्यसमा लगानी गर्नु बालुवामा पनि भन्या जस्तो भास्य निर्माण भै सक्या छ नि ?
संस्कृतीसँग लगानी गरेर बेकार हुन्छ भन्नु मलाई गलत जस्तो लाग्छ । संस्कृती भनेको मानिसले नाच्ने, गाउने मात्रै बुझिएको छ, संस्कृती भनेको त्यो मात्रै होईन । आम समाजको जीवन पद्धती पनि हो । खास भनौ भने त्यो विचारको पनि आमा हो । संस्कृतीबाट नै सुरु हुन्छ विचार, कस्तो समाजमा जन्मियो उसले के अभिव्यक्ति गर्छ, उसले के सोच्छ, उसले सोचेको चिन्तन धाराबाट विचार धारामा परिणत हुन्छ । त्यसकारण संस्कृतिबाट नै विचार निमार्ण हुन्छ र विचारले नै सबै कुराको गाइड गर्छ ।
त्यसकारण विचार पहिला होकी संस्कृती भन्दा अण्डा र कुखुरा कुन पहिला हो भने जस्तो हुन्छ । तर संस्कृती विचारको पनि आमा हो । हाम्रो बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक देश हो यो कुरालाई हामीले राम्रो तरिकाले गाईड गरेर जान सक्यौं भने संसारको नमूना हुन्छ । संसारको नमूना संसारले हेर्न, सिक्न र बुझ्नै पर्ने नेपाल हुन सक्छ । यो हामी धेरैको सम्पति पनि हुन सक्छ । तर हामीले नबुझेर हो । संस्कृति नै विग्रिएपछि विचार विग्रि नै हाल्छ । जे विचार हो त्यो व्यवहारमा प्रकट हुन्छ, व्यवहार संस्कृति बन्दै जान्छ ।
मन्त्री भएपछि आम जनतासँग जोडिने कुरा उनीहरुका समस्या सम्बोधन गर्ने कुरा कम नै हुने हो ? त्यो महसुस भएको छैन् ?
हामी जनताबाट छुटेको जस्तो, जरा हामीले छोडे जस्तो, अलिकती जमिनभन्दा माथि उठे जस्तो । जरामा भन्दा पनि पद पैसा र शक्तिप्रति आकर्षित जस्तो, सुगन्ध र फूलप्रति आकर्षित जस्तो हामी देखिएका छौ । मैले धेरै कुरा यहाँदेखि सम्बोधन गर्नुपर्ने छ । यो जीवनसँग, जनतासँग बिताएको कुरा, मैले जनतालाई नै दिनको लागि बल गरिरहेको छु । यसको अर्थ कहिले जनतालाई नभेट्ने भन्ने कुरा होईन् । जनतालाई पनि भेट्ने यो स्थानबाट पनि सम्बोधन गर्दै जाने कुरा हो । हिजोभन्दा आज यही त मैले टुटाको छैन् तर आफ्नो निर्वाचन क्षेत्रमा गएर गाँउ गाँउ, घर घरसम्म पुग्ने मान्छे हुँ ।
त्यहाँ अलिकति ग्याप भएको छ । केन्द्रमा गएको छु तर गाँउसम्म पुगेको छैन् । निश्चित स्रोत साधन छ, त्यो पनि नियम कानून भित्रबाट मात्रै गर्न सकिन्छ । त्यसलाई सच्याएर, बढि भन्दा बढि जनतासम्म पु¥याउने । हामीले बनाएको नीति नियम जनताले खोज्दै आउँने होईन, नीतिले जनतालाई खोज्दै जाने हो । त्यो गणतन्त्र, लोकतन्त्रमैत्री छैन्, प्रधानमन्त्री नै यसमा चिन्तित हुनुहुन्छ, लागि रहनुभएको छ । आजको ऐन कानूनले यसलाई हल गर्दै लानुपर्छ ।
अन्त्यमा दशैँको सँघारमा छौं आम नागरिकलाई के भन्नु हुन्छ ?
सम्पूर्ण आम नागरिकलाई दशैँ आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाड पर्वप्रति म शुभकामना दिन चाहन्छु । अर्को कुरा नछुटाई भन्न चाहन्छु कि घाँटी हेरेर हाड निलौ, आज दशैँ राम्रोसँग मनाउँदा भोली ऋणको भारी बोक्न नपरोस्, चाडवाड हाम्रै हो । अरुले हात्ती चड्यो भन्दैमा आफू कुकुर चढ्नु हुदैन भन्ने पुर्खाले भनेको उखानलाई आत्मासाथ गरौं । -नेपाल न्यूज बैंकबाट