Kathmandu Press

 पचली भैरवको लिंगाे ढालियाे

 पचली भैरवको लिंगाे ढालियाे
Hardik ivf

काठमाडौँ, कात्तिक ४ : पचली भैरवको लिङ्गो शनिबार ढालिएको छ। विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको थियो भने जात्रा अन्तर्गत शनिबार उक्त लिङ्गो ढालिएको हो।

आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो। विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुन सुरु गरिएको थियो। पचली जात्रा सम्पन्न भएको प्रतिकको रुपमा लिङ्गो ढाल्ने गरिएको स्थानीय कुमार रञ्जीतले जानकारी दिए।

यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ। पचली भैरव एक मुख्य शक्तिपीठ मध्ये एक हो । राजाहरुलाई शासन चलाउन आवश्यक पर्ने शक्ति यस पीठबाट प्राप्त हुन्छ भन्ने मान्यता छ।

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, कात्तिक ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्