Kathmandu Press

परराष्ट्रमन्त्रीले दिए दशैं शुभकामना

परराष्ट्रमन्त्रीले दिए दशैं शुभकामना
Hardik ivf

काठमाडौं, कात्तिक ४ : परराष्ट्र मन्त्री एनपी साउदले चाडपर्वहरु सबैबीचको सद्भाव, एकता र आत्मियताको प्रतीक भएको बताएका छन्। 

आज दशैँको उपलक्ष्यमा शुभकामना सन्देश दिदैँ उनले यो चाडपर्वको अवसरमा राष्ट्रिय समृद्धिको संकल्प पूरा गर्ने शक्ति प्राप्त होस् भन्दै आउँदो बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्णमा शुभकामनाव्यक्त गरेका छन्। 

उनले भने, ‘बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यी चाडपर्वहरु हामीबीचको सद्भाव, एकता र आत्मियताकाप्रतिकतथामाध्यमहुन्। यो अवसरमा हाम्रो राष्ट्रिय समृद्धिको राष्ट्रिय संकल्पपूरा गर्ने शक्ति प्राप्त गर्नुहोस्, सबैमा हार्दिक शुभकामनाव्यक्त गर्न चाहन्छु।’
 

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, कात्तिक ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्