Kathmandu Press

सात महादेशका सर्वाेच्च शिखर आरोहण गर्ने प्रकाशराजको अबको मिसन अफ्रिकाको किलिमञ्जारो

सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए। ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने। तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो। 
सात महादेशका सर्वाेच्च शिखर आरोहण गर्ने प्रकाशराजको अबको मिसन अफ्रिकाको किलिमञ्जारो

काठमाडौं, कात्तिक ३ : सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी ‘सेभेन समिट’ पूरा गर्ने लक्ष लिएका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दशैँलगत्तै अफ्रिकाको सर्वाेच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन्।

सो शिखर आरोहणका लागि दशैँ टिकाको भोलिपल्ट अफ्रिकाको तान्जेनियातर्फ लाग्ने पाण्डेले बताए। ‘टिकट भइसक्यो, टीकाको भोलिपल्टै त्यता लाग्छु’, उनले भने। तान्जेनियामा रहेको शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो उक्त शिखर जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो। 

Hardik ivf

गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरेका पाण्डेको अर्को महादेशको यात्राको रूपमा अफ्रिका परेको छ। रुसमा रहेको एलब्रस हिमालको दक्षिणी र पूर्वी दुवै चुचुराको उनले सफल आरोहण गरेका थिए। माउण्ट एलब्रस ५ हजार ६ सय ४२ मिटर उचाइमा रहेको छ। 

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन्। उनले सन् २०१८ मा सर्वाेच्च शिखर सगरमाथा  आरोहण गरेका थिए। 
यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन्। उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए।

सगरमाथा पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका थिए। उनले हालसम्म नौ पटक विभिन्न हिमाल आरोहण गरेका छन्। एक वर्षभित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछिसगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ। 

हिमाल चढ्ने आफ्नो अभियानमा पर्वतारोहणको क्षेत्रमा काम गर्नेले चासो देखाएका भए पनि सरकारको तर्फबाट खासै चासो नदिएको पाण्डेले गुनासो गरे। विभिन्न चन्दादाता सहयोगीको मद्दतमा आफ्नो यात्रा चलिरहेको उनले बताए। ‘मेरो व्यक्तिगत स्वार्थ के छ र, देशको नाम राखौँ, विश्वका सबै उच्च शिखरमा देशको झण्डा फहराऊँ भन्ने उद्देश्यले आरोहणमा लागेको हो, तर सोचेजस्तो सहयोग पाइएको छैन, हरेक पटकको यात्रामा ऋण खोज्नु परेको छ’, उनले भने। 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्