Kathmandu Press

हरिसिद्धि पेट्रोल पम्प सिल

अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो।
हरिसिद्धि पेट्रोल पम्प सिल

काठमाडौं, कात्तिक २ : काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प आज (बिहीबार) सिल गरिएको छ।

प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाे नेतृत्वमा रहेकाे केन्द्रीय अनुगमन समितिले गरेको अनुगमन गर्ने क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि पम्प सिल गरिएको हो।

मंगलबार र बुधबार यस्तै प्रकृतिकाे ठगीमा संलग्न रहेकाे आरोपमा ३ वटा पेट्रोल पम्प सिल गरेको थियो। मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरिएको थियो।

त्यस्तै बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर र कलंकीको श्यामा आयल स्टोर सिलमा परेका थिए।

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्