Kathmandu Press

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
काठमाडौँ टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी खेतमा किसान धानबाली काट्दै थ्रेसिन मिसनबाट चुट्दै। अहिलेको समयमा काठमाडौँका किसान धान काट्न व्यस्त देखिन्छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

ललितपुर, कात्तिक २ : ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ। गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन्। दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन्। 

यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ। धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन्।

Hardik ivf

ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताउनुभयो। गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो। 

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिए। 'खेती गर्ने किसानले समयमै मल पाउँदैनन्। किसानका लागि अन्य सेवासुविधा पनि छैन। त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ,' उनले भने।

स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ। उनले भने, 'करिब दुई रोपनीमा धान लगाएका थियौं। पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ।'

दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन्। अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्