Kathmandu Press

सवारी दुर्घटनामा २ जनाको मृत्यु

झापाको भद्रपुर नगरपालिका–८ मा बुधबार राति मे ७ प ७७२४ नम्बर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ५१ वर्षीय योगप्रसाद लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा २ जनाको मृत्यु

मोरङ, कात्तिक २ : कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार झापा र ओखलढुंगामा भएका दुर्घटनामा दुईजनाको मृत्यु भएको हो।

झापाको भद्रपुर नगरपालिका–८ मा बुधबार राति मे ७ प ७७२४ नम्बर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ५१ वर्षीय योगप्रसाद लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ मा बा १५ च ८५७० नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा ४५ वर्षीया नरमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका १८ वर्षीय बिबेक परियार, २९ वर्षीय मनोज कटवाल र २५ वर्षीय निरज कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

प्रकाशित मिति: १२:०६ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्