Kathmandu Press

कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ । 
कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं, कात्तिक २ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ । 

Hardik ivf

देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भूभागमा सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ भने देशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।   
 
प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्