Kathmandu Press

जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल

उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिइन्।
जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल
फाइल तस्बिर।

ललितपुर, कात्तिक १: नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताएकी छिन्।  

माओवादी ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताइन्।

Hardik ivf

उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिइन्।

‘समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ,’ उनले भनिन्, ‘यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौं।’

उनले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गरिन्।

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्