Kathmandu Press

रुकुममा होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरेको छ।
रुकुममा होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

रुकुम पश्चिम, कात्तिक १ : रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गास्थित सत्कार होटलमा महिला मृत भेटिएकी छिन्। ती महिलाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।

मुसिकोट नगरपालिकाका–७ साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेलमा मंगलबार बिहान मृत फेला भेटिएकी थिइन्।

साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शङ्कास्पद एक व्यक्ति पक्राउ गरेको छ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्