Kathmandu Press

इतिहासकार नेपालीको निधन

नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर रहेका नेपालीको ९४ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको हो।
इतिहासकार नेपालीको निधन

काठमाडौँ, असोज ३० : इतिहासकार चित्तरञ्जन नेपालीको निधन भएको छ।

नेपाल भाषा एकेडेमीका पूर्वचान्सलर रहेका नेपालीको ९४ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको हो। उनको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो।

उनका नेपाल भाषामा कविता संग्रह ‘मां लुमंका’ (आमा सम्झेर) र ‘प्रतिक्रिया’ प्रकाशित छन्। इतिहाससम्बन्धि ‘नेपाली इतिहास परिचय’, ‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’, ‘श्री ५ रणबहादुर शाह’, ‘नेपाल चीन सिमाना सन्धि–इतिहास’ लगायत पुस्तक प्रकाशित छन्।

‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’ कृतीले २०१३ सालमा नेपालको प्रसिद्ध मदन पुरस्कार प्राप्त गरेको थियो। उनलाई ०१५ सालको श्रेष्ठ सिरपाः पुरस्कार पनि प्रदान गरिएको थियो। उनको नेपाल भाषा साहित्यमा पनि उत्तिकै योगदान छ।

 

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्