Kathmandu Press

कार्यकर्ता रिहाइ माग गर्दै धनकुटामा यातायात बन्द, यात्रु अलपत्र

बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य आउजाउ गर्ने यात्रुहरु समस्यामा परेका हुन्।
कार्यकर्ता रिहाइ माग गर्दै धनकुटामा यातायात बन्द, यात्रु अलपत्र

धनकुटा, असोज २० : ‘कोशी प्रदेश पुनः नामांकन संघर्ष समिति’ले आह्वान गरेको बन्दका कारण धनकुटामा यातायात सञ्चालन प्रभावित बनेको छ।

बन्दका कारण सवारी साधनहरु चल्न नपाउँदा यात्रुहरु समस्यामा परेका छन् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

Hardik ivf

बन्दका कारण कोशी राजमार्ग भएर धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथरलगायत पहाडी जिल्लाका गन्तव्य आउजाउ गर्ने यात्रुहरु समस्यामा परेका हुन्। गत असोज २५ गते पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दे समितिले यातायात बन्द आह्वान गरेको हो।

भदौ ८ गते धनकुटाको राजारानीमा आयोजित युवा संघको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले पहिचान पक्षधर संगठनका तीनजना कार्यकर्तालाई पक्राउ गरेको थियो।

ती कार्यकर्ताको विनासर्त रिहाइको माग राखेर समितिले बिहानैदेखि कोशी राजमार्गको भेडेटार–फोक्लेन्ड टापु खण्ड अवरुद्ध बनाएको छ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार बन्दकर्ताका मागबारे छलफल भइरहेको छ । उनले यातायात सेवा नियमित सञ्चालन गराउन संघर्ष समितिसँग कुरा गरेर पहल भइरहेको बताए।

 

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्