Kathmandu Press

भूभागमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखी  सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन,चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ । 
भूभागमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, असोज ३० : जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी,बागमती प्रदेश सहित उच्च पहाडी भूभाग तथा तराईका एक–दुई स्थानहरूमा पानी पर्नुकासाथै हिमपातको पनि सम्भावना रहेको छ । 

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखी  सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ । 

Hardik ivf

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको समेत विभागले उल्लेख गरेको छ । 

मंगलबार रातीसुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्