Kathmandu Press

समाजको आर्थिक विकासमा सहकारीको उल्लेख्य भुमिका हुन्छ : मन्त्री लामा

समाजको आर्थिक विकासमा सहकारीको उल्लेख्य भुमिका हुन्छ : मन्त्री लामा

काभ्रे, असोज २९ : बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामाले समाजको आर्थिक विकासमा सहकारीको महत्वपूणर् भुमिका रहेको बताए।

काभ्रेको रोशी गाउँपालिका–९ मंगलटारमा रहेको मंगलेश्वर वित्तीय सहकारीको २७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री लामाले सहकारीले समाजको शैक्षिक क्षेत्र र आर्थिक अवस्थालाई माथी उठाउन सहयोग गरेको बताए।

मन्त्री लामाले मंगलेश्वर वित्तीय सहकारी संस्थाले पनि मंगलटार क्षेत्रको शिक्षा र आर्थिक अवस्था माथी उठाउन महत्वपूर्ण भुमिका खेलेको बताए। रोशीका जनताले आफूलाई सहयोग गरेको भन्दै रोशीको जनता समृद्ध बनाउनको लागि जीवन रहेसम्म अहोरात्र लागिपर्ने उनले बताए।

Hardik ivf

379974700_860731275423188_7503149649274867315_n-1697467012.jpg

‘यही भूमीले मलाई मानसम्मान दियो र आज यहाँसम्म पुगेको छु,’ मन्त्री लामाले भने, ‘यो क्षेत्रको उन्नतिका लागि हरदम लागिपर्नेछु । मेरो जीवनको एक मुठी स्वास रहेसम्म रोशीको विकास र देश विकासमा खटिरहनेछु।’

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरिबी न्यूनीकरणमा सहकारी सहकारीको भुमिका उल्लेख्य रहेको बताए। देश विmकासका लागि आर्थिक मात्र नभएर जुनसुकै हिसाबले सहकारी क्षेत्रको महत्वपूणर् सहयोग रहेको गाउँपालिका अध्यक्ष लामाको भनाई छ।

राज्यले लिएको देश समृद्ध बनाउने लक्ष्यमा सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउँदै उनले मंगलेश्वर सहकारीले रोशीको विकासमा योगदान रहेको बताए।

गाउँपालिका अध्यक्ष लामाले खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामालाई धन्यवाद पनि दिए। रोशीको विकासका लागि मन्त्री लामाले एक अर्ब बजेट विनियोजन गरेको उनले बताए। बताए ।

‘मन्त्रीज्यूको पहलमा रोशीमा मात्र १ अर्ब बजेट परेको छ। खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयबाट मात्र ३५ करोड बजेट रोशीमा परेको छ,’ अध्यक्ष लामाले भने, ‘यो बजेट मन्त्री ज्यूकै पहलमा भएको हो। त्यसको लागि मन्त्री ज्युलाई धन्यवाद व्यक्त गर्दछु।’

380293516_739332494694456_7033765648826058458_n-1697467012.jpg

कार्यक्रममा सहकारीका अध्यक्ष मानबहादुर तामाङले सहकारीको भवन जिणर् रहेकाले बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण न्यौपानेले उक्त सहकारी भाग्ने र डुब्ने डर नभएको बताए । आफू संस्थापक भएकाले बाहिर बसेर सहकारीको निगरानी गरीरहेको उनको भनाई छ।

यस्तै, सचिव सुवर्ण रायले सामान्य ऋण लिनलाई गाउँका साहु महाजनहरुका लागि ठेकी भेटी काट्नु अवस्थालाई चिर्न सहकारी स्थापना भएको बताए। सो कार्यक्रममा कोषाध्यक्ष साधुराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महिला उपसमिति संयोज तथा संचालक महेश्वरी थापा न्यौपाने मन्तव्य राखेकी थिईन् । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक राजेन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए।

सहकारीको आम्दानी १ करोड ७४ लाख ८७ हजार ८६१ रहेको छ भने खर्च १ करोड ७४ लाख ३५ हजार ७१९ रहेको छ ।

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्