Kathmandu Press

पद्मोदय मोडमा जुत्ता एक्सचेन्ज मेला

मेलामा केटिएम सुज, भेनस सुज, सम्राट सुज र स्मार्ट सुजका ३ सयभन्दा बढी डिजाइनका जुत्ताहरू उपलब्ध छन्।
पद्मोदय मोडमा जुत्ता एक्सचेन्ज मेला

काठमाडौं, असोज २९ : चाडपर्वलाई लक्षित गर्दै काठमाडौंको पद्मोदय मोडमा जुत्ता एक्सचेन्ज मेला सुरु भएको छ। नेपाली जुत्ता उत्पादक कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै
पुतलिसडकबाट भृकुटीमण्डप मोडमा जुत्ता एक्सचेन्ज मेला सुरु गरेका हुन्।

मेलामा केटिएम सुज, भेनस सुज, सम्राट सुज र स्मार्ट सुजका ३ सयभन्दा बढी डिजाइनका जुत्ताहरू उपलब्ध छन्। मेलामा पुराना जुत्तासँग नयाँ जुत्ता साट्न सकिन्छ।

पुराना जुत्ताको मुल्य पाँच सय रुपैयाँ तोकिएको र थप २५ प्रतिशतसम्म छुटको समेत व्यवस्था रहेको मेला आयोजक तथा भेनस सुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले बताए।

पार्टी सुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज, स्टिल सुज लगायतका जुत्ताहरु सस्तो मुल्यमा वाटेन्टीसहित पाउन सकिने अर्का आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतो बताउँछन्।

३ सयभन्दा बढी डिजाइनका नेपाली ब्रान्डका जुत्ता सस्तो मुल्यमा एउटै छानामुनि हुनाले मेलामा सर्वसधारण आकर्षित हुने गरेको महतोले बताए। स्वदेश ब्रान्डका गुणस्तरीय जुत्ता सर्वसुलभ मूल्यमा सर्वसाधारणलाई उलब्ध गराउनु नै मेलाको उदेश्य रहेको उनले बताए।

मेलामा १ वर्षको वारेन्टीको समेत व्यवस्था रहेको बताउँदै  भेनस सुजका प्रबन्ध निर्देशक श्रेष्ठले आफूसँग भएका पुराना जुत्ता लिएर मेलामा आउन र नयाँ जुत्ता लिएर जान आग्रह गरे।

 

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्