Kathmandu Press

सरकार संवेदनशील नहुँदा धार्मिक-सामाजिक सद्भाव बिग्रँदै गएको कमल थापाको आरोप

सरकार संवेदनशील नहुँदा धार्मिक-सामाजिक सद्भाव बिग्रँदै गएको कमल थापाको आरोप

काठमाडाैं, असाेज २९ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्।

सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौ हत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको बताएका हुन्।

Hardik ivf

उनले सामाजिक, धार्मिक र जातिय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्ने बताए। थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थिति प्रति सबै पक्षहरु सचेत बन्नुपर्ने बताउनु भयो । त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे।

उनले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतिय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्