Kathmandu Press

प्रहरी संगठनको कामकारबाही उत्कृष्ट बनाउने प्रतिबद्धता

प्रहरी संगठनको कामकारबाही उत्कृष्ट बनाउने प्रतिबद्धता
Hardik ivf

काठमाडाैं, असाेज २९ : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले पारदर्शी, जवाफेदेही, मानवअधिकारको संरक्षणलगायतमा संगठनको काम कारबाही उत्कृष्ट उनले हुने प्रतिबद्धता जनाएका छन्।

६८औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो प्रतिबद्धता जनाएका हुन्। प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित नेपाल प्रहरी कार्ययोजना, २०८० तर्जुमा गरिएको उनले बताए।

कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो भने अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्