Kathmandu Press

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

दार्चुलापरि भारतको बतन केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
Hardik ivf

बैतडी, असोज २९ : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे  जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्