Kathmandu Press

उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता

आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । 
उपाध्यक्षमा डा. केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता

काठमाडौं, असोज २९ : गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । 

Hardik ivf

उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए ।

उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए । डा. पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ । 

एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए । 

फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, असोज २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्